धनकुटा, फागुन । एकल महिलालाई आत्मनिर्भर बनाउन सञ्चालन गरिएको अर्गानिक तरकारी खेती तालिम धनकुटामा सम्पन्न भएको छ । एकल महिलालाई अर्गानिक खेतीको सिप सिकाई स्वस्थ जीवन यापन र आत्मनिर्भर बनाउन धनकुटा नगरपालिका नगरकार्यपालिकाको सहयोगमा सञ्चालन गरिएको पाँच दिवसिय खेती तालिमको एक कार्यक्रमका साथ बिहिबार समापन गरिएको हो ।
वैवाहिक स्थितिका आधारमा विभेद नगरौं भन्ने नाराका साथ मानव अधिकारको लागि महिला, एकल महिला समुह धनकुटा द्वारा आयोजना गरिएको एकल महिला सशक्तिकरणका लागि अर्गानिक तरकारी खेती तालिममा धनकुटा नगरपालिकाका दश वटै वडाका एकल महिलाहरुको सहभागिता रहेको जिल्ला सदस्य यज्ञकुमारी श्रेष्ठले जानकारी दिइन ।
मानव अधिकारका लागि महिला, एकल महिला समुह, धनकुटाका अध्यक्ष मिना राईको अध्यक्षतामा सम्पन्न तालिममा विषाधि युक्त उत्पादनले समाजमा भईरहेका विभिन्न प्रकारका रोगहरूबाट बच्न र निरोगी हुन अर्गानिक तरकारी खेतीको तालिम सञ्चालन गरिएको बताउदै एकल महिलालाई सिप सिकाई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष मिनाले बनाइन ।
गत फागुन १८ गतेबाट शुरू गरिएको उक्त तालिममा कृषि ज्ञान केन्द्र धनकुटाका कृषि प्रसार अधिकृत प्रमुख प्रशिक्षक मनोजकुमार यादव, बाली संरक्षण अधिकृत सुरजखनाल, अधिकृत छैटौं तहका विशाल राई, अधिकृत रत्नबहादुर ठाडामगर लगायतले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा तरकारिको कोसेबालि, काउली, टमाटर, बन्दा, अकबरे खुसार्नी, भेडे खुर्सानी, आलु, काक्क्रा, तितेकरेलालगायत लहरे तरकारि फर्सि विभिन्न जातको वेर्ना तयारीका साथै अर्गानिक विषाधि, जैविक मल निर्माणलगायतको सिप सिकाएको सहभागि सिता श्रेष्ठले बताए । उनका अनुसार पाँचदिने सिप सिकेर जीवनमा आमुल परिवर्तन गर्न सकिने रहिछ ।