२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एनआईसी एसिया बैंकद्वारा विद्यालयलाई तीन लाख रूपैयाँ सहयोग

बुधवार , फाल्गुण २१, २०७६

काठमाडौं, फागुन ।  एनआईसी एसिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा रहेको श्री देवीस्थान माध्यमिक विद्यालयलाई तीन लाख रुपैयाँ सहयाेग गरेकाे छ । बैंकले फर्निचर सामग्री खरिद गर्न नगद सहयोग गरेको हाे ।  

मङ्गलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेज्युले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई चेक हस्तान्तरण गर्नुभएको हो । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत चार सय ७६ जना विद्यार्थी लाभान्वित हुनेछन् । 

चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यहरूको पनि उपस्थिति थियो ।

बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार