२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अमेरिकामा रोजगार

वर्किङ भिसा : "उच्च शिक्षा प्राप्त क्षमतावान अमेरिका जान पाउने" 

कामदार भिसामा आवेदन मागियो

आइतवार , फाल्गुण १८, २०७६

काठमाडौं, फागुन । अबदेखि रोजगारीको लागि उच्च शिक्षा प्राप्त क्षमतावान नेपाली कामदार (वर्किङ) भिसामा अमेरिका जान पाउने भएका छन् । अमेरिकी सरकारले कामदार भिसा मार्फत अमेरिका जानका लागि इच्छुकले आवदेश ‘एचवान बी’ले मार्च १ तारिकदेखि आवेदन खुल्ला गरेको हो ।
अमेरिकी रोजगारदाताले उच्च शिक्षा भएका व्यक्तिका लागि प्राथमिकता दिदै पहिलोपटक अनलाइनमार्फत आवेदन माग गरेको हो । युएससी आईएसको सूचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि आवेदन दिन सकिने उल्लेख छ ।
यो पटक ब्याचलर डिग्री गरेकाहरुका लागि विश्व भरबाट बढीमा ६५ हजारको कोटा खुला गरिएको सूचनामा उल्लेख छ । त्यसैगरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरूका लागि २० हजारको कोटा खुला गरेको बताईएको छ ।
रोजगारीको लागि अमेरिका जान चाहने व्यक्तिले विश्वको जुनसुकै स्थानबाट आवेदन भर्न सक्ने छन् । सवै प्रकृया पूरा गरि पास भए एचवान बी भिसा पाईने छ ।यता वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित अमेरिकाले रोजगारीको लागि नेपाली कामदार माग गर्नु राम्रो कुरा भएको बताए । अमेरिकाले उच्च शिक्षा र सीप भएका कामदारको माग गरेकोले सिप भएका दक्ष मानिस नेपालमा कम भएको उनको भनाई छ ।
नेपाल सरकारले उच्च शिक्षा संगै सम्वधित विषयमा दक्ष बनाउन व्यवहारिक ज्ञान दिन सके विदेशमा राम्रो कमाई हुने उनको सुझाव छ । अमेरिकी सरकारले विश्वका विभिन्न मुलुकमा रहेका दक्ष र पढे लेखेका मान्छे आफनो देशमा भित्र्याउने प्रमुख उदेश्य रहेको वैदेशिक रोजगार बिज्ञ पण्डितको भनाई छ ।
नेपालीहरु रोजगारीको लागि खाडी मुलुक मात्रै जानुभन्दा यूरोप अमेरिका जानु राम्रो भए तापनि उतै गएर भासिने समस्याले देशलाई ठुला घाटा हुने गरेको उनको ठहर छ ।
त्यसैले रोजगारीको लागि जुन सुकै देशमा गए पनि निश्चित समय पछि स्वदेशमै फर्किएर विदेशमा सिकेको सीप र पैसा स्वदेशमै लगाउन सक्नुपर्ने पण्डित बताउछन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार