२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सुनकाे भाउ घट्याे

मंगलवार , फाल्गुण १३, २०७६

काठमाडौं, फागुन । सुनको भाउ बुधाबार ताेलामा पाँच सय रुपैयाँले घटेको छ । सुन ताेलाकाे ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएकाे साेमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घटेको हो । सुन मङ्गलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको हो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढेपछि पछिल्लाे केही दिनयता अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ महँगो भएको महासङ्घले जनाएको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार