२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सुन अहिलेसम्मकै महँगो

"यही हप्ता ताेलाकाे ८० हजारसम्म पुग्ने अनुमान"

आइतबार तोलामा सात सय रुपैयाँ बढ

शनिवार , फाल्गुण १०, २०७६

काठमाडौं, फागुन । पछिल्लाे केही दिनयता सुनको भाउ बढेकाे बढ्यै छ । शनिबार पनि सुनकाे भाउ बढ्ने क्रम राेकिएकाे छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारकाे भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ ।

चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ ।

यस्तै चाँदी आइतबार ताेलामा पाँच रुपैयाँ बढेर तोलाको ९२० रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार