२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य बढ्यो

सोमवार , श्रावण ११, २०७८

काठमाडौं, साउन । नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । गत आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै आज ९२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँमा कायम भएको छ । 
 चाँदीको मूल्य भने गत आइतबारकै मूल्य कायम हुँदै सोमबार पनि प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार