२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य आज ९२ हजार २०० पुग्यो

बुधवार , आषाढ २३, २०७८

काठमाडौं, असार । लगातार बढिरहेको सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । 
तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार