२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से परिसूचक : '५५ दशमलव ७६ अंकले बढ्याे, सेयर बजारमा उत्साह'

बुधवार , जेठ १९, २०७८

काठमाडौं, जेठ । सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार भने उत्साह देखिएको छ ।

बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८२७ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेििटभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेको छ ।

यस अघि सोमबार ४५ अंकले बजार घटेको थियो भने मंगलबार पनि दोहोरो अंकले घटेको थियो । कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ ।

मंगबलार ९ अर्ब भन्दा पनि कम भएकेमा बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ । बुधबार समूहगत इन्डेक्समा म्युचुअल फण्ड बाहेकका सबै समूहका सवइन्डेक्सहरु बढेका छन् ।

दुई दिन लगातार जसो हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको थियो ।  बुधबार भने सुधार देखिएको छ । कारोबार रकमका आधारमा पुनर्बिमा कम्पनी आज पहिलो नम्बरमा देखिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार