२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा

शनिवार , जेठ १५, २०७८

काठमाडौं, जेठ । सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ । सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन ।

त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोही अनुसार नेपाल पत्रकार महासङ्घको कार्यालय परिसर सञ्चारग्राममा प्रेस सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

सोहीअनुसार सबै स्थानीय तहमा फाेर जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । दूरसञ्चार सेवाको सेवा चुस्त गरिने तथा सबै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने सरकारले बताएको छ ।

अर्थमन्त्री पौडेलका अनुसार नेपाल टेलिभिजनको प्रसारणलाई विश्वव्यापी बनाउन एनटीभी वल्र्ड कार्यक्रम प्रसारण गरिनेछ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार