२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

फास्टट्रयाक : ' ८ अर्ब १५ करोड'

शनिवार , जेठ १५, २०७८

काठमाडौँ, जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौँ तराईं-मधेस द्रुत मार्गका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

राष्ट्रिय गौरवको सो आयोजना हाल नेपाली सेनाले निर्माण गर्दै आइरहेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिवार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै द्रुत मार्गका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्।

यो मार्ग तराइसँग काठमाडौँलाई जोड्ने सबै भन्दा छोटो दूरी ७२ दशमलव ५ किलोमिटरको हुनेछ। अर्थ मन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएकोसमेत बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार