२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

चार अन्तराष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माण : ' २० अर्ब ३१ करोड रुपैयाँ बजेट'

शनिवार , जेठ १५, २०७८

काठमाडौं, जेठ । आगामी आवमा सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसमध्ये सबैभन्दा बढी पोखरा विमानस्थलले प्राप्त गरेको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न, टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड विनियोजन भएको छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन भएको छ । आगामी आवमा सरकारले आन्तरिक विमानस्थलहरुको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार