२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सेयर कारोबार : 'रकमले नयाँ रेकर्ड बनायाे'

बिहिवार , जेठ १३, २०७८

काठमाडौं , जेठ । सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो ।

साताको अन्तिम कारोबार बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीइ संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् ।

अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंकको यो निर्देशन पछि सेयर बजारलाई नकारात्मक असर पर्ने अनुमान थियो ।

अनुमान अनुसार नै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बिहीबार घट्यो । तर धेरै चर्चा भएजस्तो बजार घटेन । दिनभर उचारचढाव अन्तमा झिनो अंकले घटेर बन्द भएको छ । सेयर कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार