२०८३, मंसिर ८ गते

सोमवार, मंसिर ८ गते २०८३

बालेन - मोदीबीच द्विपक्षीय भेट : ' के - के भयो कुराकानी ? '

सोमवार , मंसिर ८, २०८३

 

काठमाडौं, मंसिर ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा विस्तृत छलफल भएको छ। नयाँ दिल्लीमा आयोजित द्विपक्षीय भेटका क्रममा उनीहरूबीच विविध विषयमा छलफल भएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार द्विपक्षीय भेटमा व्यापार, लगानी, पूर्वाधार, विकास साझेदारी, सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको थियो।

त्यस्तै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, नवप्रवर्तन, डिजिटल सेवा र अन्तरिक्ष क्षेत्रमा सहकार्यका नयाँ सम्भावनाबारे पनि बालेन-मोदीबीच कुराकानी भएको उनले एक्समार्फत जानकारी दिएका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा कार्यभोज आयोजना गरेका थिए।

भेटका क्रममा भारतको ' पीएम गतिशक्ति; योजनाबारे प्रस्तुतीकरणसमेत गरिएको थियो। दुई नेताले विकसित भारत र समुन्नत नेपालका लागि संयुक्त दृष्टिकोणसमेत अंगीकार गरेको प्रवक्ता जैसवालले जानकारी दिएका छन्।

उक्त संयुक्त दृष्टिकोणले दुवै देशबीच भविष्यकेन्द्रित साझेदारीलाई थप मजबुत बनाउने र आपसी सहकार्यका लागि मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार