२०८३, मंसिर ८ गते

सोमवार, मंसिर ८ गते २०८३

प्रधानमन्त्री बालेन भारतको नयाँ दिल्लीमा

प्रधानमन्त्री बालेन - भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

सोमवार , मंसिर ८, २०८३

 

काठमाडौं, मंसिर ।

आईतबार दुईदिने भारत भ्रमणमा पुगेका  प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) र  भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनको ११ :१५ बजे मोदीसँग भेटवार्ता  हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनीहरूबीचको वार्ता अवधि करिब एक घण्टाको हुने बताइएको छ। त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

द्विपक्षीय वार्तासँगै नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार