२०८३, मंसिर ६ गते

शनिवार, मंसिर ६ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक - ' मंसिर ८ मा बस्ने '

शुक्रवार , मंसिर ५, २०८३

 

काठमाडौँ,मंसिर ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ८ गते मंगलबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आज जारी गरेको सूचनाअनुसार उक्त बैठक आगामी मंगलबार बस्ने भएको हो ।

बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा दिउँसो १ बजे बस्ने तय भएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जारी सूचनामा उल्लेख छ।

बैठकका एजेन्डा नखुलाइएको भए पनि समसामयिक राजनीतिक विषयमा बैठक केन्द्रित हुने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार