२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारलाई कांग्रेसको आग्रह : ' विपदमा सबै स्रोत साधनको प्रयोग गराैँ '

बुधवार , भाद्र १०, २०८३

 

काठमाडौं, भदाै ।

नेपाली कांग्रेसले सबै स्रोत साधन र संयन्त्रको उच्चतम् उपयोग गरि विपदमा नागरिकको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले रसुवा बाढीमा वेपत्ता नागरिकहरुको खोजी कार्य गर्न र घाईतेहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गराएको हो।

साथै विपद प्रभावित क्षेत्रका मानिसहरुको अस्थायी वसोवासको वन्दोवस्त गर्न सरकारका सबै स्रोत साधन र संयन्त्रको उच्चतम् उपयोग गर्न कांग्रेसले सरकारलाई सुझाव दिएको छ।

बैठकमा कांग्रेस सभापति गगन थापाले राहत सामग्री जभाभावी ढंगले बाँड्दा असहयोग हुने जोखिम रहने बताए। स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्नुपर्ने थापाको भनाई छ।

बैठकले सम्पूर्ण राजनीतिक दल, सरकार, संघ संस्था, सुरक्षा निकाय र स्थानीय सरकारलाई सबै कुरा थाती राखेर उद्धार र राहतमा जुट्न आग्रह गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रभावित क्षेत्रका सांसदहरू, विपद् विज्ञहरू, पार्टी सभापतिहरू, स्थानीय संरचना र भातृ संस्थाका प्रतिनिधिहरूलाई तटीय तथा पीडित क्षेत्रमा खटिएर आवश्यक सहयोग पु¥याउन निर्देशन दिएको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार