२०८३, भाद्र ४ गते

बिहिवार, भाद्र ४ गते २०८३

देशभरकाे माैसम आज

'केही स्थानमा चट्याङसहित- ' भारी वर्षा र हिमपातको सम्भावना '

मंगलवार , भाद्र २, २०८३

काठमाडौँ,भदौ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै र तराई भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

 

यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्नेछ।

त्यसैगरी, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ। 

साथै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ  ।

कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार