२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सोमबार रातिको मौसम

देशभर साधारणतया बादल: ' केही भागमा भारी वर्षाको सम्भावना '

सोमवार , श्रावण १८, २०८३

 

काठमाडौँ, साउन ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ ।

 

कोशी, लुम्बिनी, कर्णाली प्रदेशको केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मङ्गलबार देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बुधबार पनि देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार