२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

पाकिस्तानको ब्रोड पिक हिमाल

विश्व कीर्तिमानी पर्वतारोही - ' निर्मल पुर्जाको निधन '

शनिवार , श्रावण १६, २०८३

 

काठमाडौँ , साउन ।

पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा निम्सदाइको निधन भएको छ। पुर्जा संस्थापक रहेको आरोहण कम्पनी इलाइट एक्सपे ले शनिबार फेसबुक पोस्टमार्फत आधिकारिक पुष्टि गरेको हो।

कम्पनीका अनुसार पुर्जाका आरोहण सहयोगी एवं गाइडहरू पुरबहादुर गुरुङ - युक्ता)  र निमा शेर्पाको पनि सोही दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ।

केही कुरा असम्भव छैन भन्ने मन्त्रलाई आफ्नो जीवनको दर्शन बनाएका उनै निम्स दाइले यतिबेला पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ब्रोड पिक (८,०४७ मिटर) भित्र आफ्नो ज्यान गुमाएका छन्।

बिहीबार बिहान गएको भीषण हिमपहिरोले आरोहण इतिहासकै एक साहसिक टोलीलाई रोकिदिएको छ। संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालहरू कुनै पनि पूरक अक्सिजनबिना दुई- दुई पटक आरोहण गर्ने अभूतपूर्व कीर्तिमान बनाउने संघारमा थिए निम्स दाइ।

उनको यो योजनाको अन्तिमतिर ब्रोड पिक परेको थिएन, तर परिस्थितिले उनलाई ब्रोड पिकतर्फ मोड्यो। पाकिस्तान पुगेका बेला उनले आफ्नो यो निर्णयबारे सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए , ब्रोड पिक हिमाल आरोहण गर्ने योजना त थिएन, तर पाकिस्तान आएको बेला आफ्नो रेकर्ड बनाउनका लागि अकस्मात हिमाल चढ्ने निर्णय लिएको छु।

आफ्नो रेकर्ड पूरा गर्न ब्रोड पिक चढेपछि केवल नेपाल र तिब्बतको सीमामा रहेको चोयु हिमालमात्र बाँकी रहने उनको लेखाजोखा थियो।

ब्रोड पिकको सफल आरोहणपछि सुरक्षित फर्किने आशा र उत्साह उनले आफ्ना प्रशंसकहरूसँग बाँडेका थिए। तर, प्रकृति र हिमालको आफ्नै क्रूर र रहस्यमयी नियम हुँदो रहेछ जसलाई उनले आफ्नो कर्मथलो बनाए, तिनै हिमालभित्र यो यात्राले स्तब्ध पार्ने मोड लियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार