२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

अर्थमन्त्री वाग्लेले भने : ' असान्दर्भिक कानुन खारेज आवश्यक '

प्रतिनिधिसभामा अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक प्रस्तुत

मंगलवार , आषाढ ३०, २०८३

 

काठमाडौँ, असार ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री वाग्लेले उक्त विधेयक सदनसमक्ष पेस गरेका हुन ।  

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए । 

विधेयकको उद्देश्यबारे प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान सङ्घीय शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेको बताए । 

उनका अनुसार कानुनी दोहोरोपन अन्त्य गर्न तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले यो विधेयक तर्जुमा गरिएको हो ।

प्रस्तावित विधेयकमा प्रादेशिक विकास योजनाहरू कार्यान्वयन गर्ने ऐन २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४, आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट -अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन २०५५ र राजस्व चुहावट -अनुसन्धान तथा नियन्त्रण)  नियमावली २०७० लाई खारेज गर्ने प्रस्ताव गरिएको छ ।

सोही विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८ र भन्सार ऐन २०८२ लाई समयानुकूल संशोधन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार