२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल–भारत सीमा

परराष्ट्रमन्त्री खनालले भने  : ' विवाद हल गर्न संयन्त्रले काम गर्दैछ '

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं, असार ।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिएका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले नेपाल र भारत छिमेकी देश भएकाले सीमा विवादहरू छन् भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले ऐतिहासिक दस्तावेजहरूका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुराका साथै सुस्ता क्षेत्र नेपालको भएकाले तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजहरूका आधारमा कूटनीतिक वार्तामार्फत सीमा सम्बन्धी विषयहरू समाधान गर्न चाहेको धारणा राखे ।

दुई देशबीच विद्यमान रहेका सीमासम्बन्धी संयन्त्रहरूले सीमा क्षेत्रमा काम गरिरहेको भन्दै मन्त्री खनालले आगामी महिना ‘बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिएको बताए । 

त्यस्तै उनले आगामी सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट उपलब्ध गराउने तयारीमा राहदानी विभाग जुटेको जानकारी दिए । 

मन्त्री खनालले राहदानी छपाइको बिषय हाल अदालतमा विचाराधीन रहेकाले, सो प्रक्रियामा टिप्पणी गर्नु उपयुक्त नहुने धारणा राखे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार