images
Logo

बिहीबार , असोज २० २०७९Oct 06 2022

images

मकवानपुर : भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

मकवानपुर : भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

बिहीबार , असोज ६ २०७९

  • 157
    SHARES

  • मकवानपुर : भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु


    मकवानपुर, असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकाे छन । 
    उनका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन्  । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

    दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्नसकेको छैन । उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालतर्फ ल्याइएको छ ।
    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमसहितको टोली पुगेको छ । उक्त घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । 

    बिहीबार , असोज ६ २०७९०६:४४:३९

    डेमो खबर

    सम्बन्धित समाचार