images
Logo

बिहीबार , असोज २० २०७९Oct 06 2022

images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

एमाले सचिवालय बैठक  : 'समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित' 

एमाले सचिवालय बैठक  : 'समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित' 

आइतबार, असोज २ २०७९

  • 277
    SHARES

  • एमाले सचिवालय बैठक  : 'समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित' 


    काठमाडौँ, असोज । नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित गरेको छ । 
    पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ५७ जना महिलासहित एक सय १० र प्रदेशसभाका लागि दुई सय २० जनाको नाम समानुपातिकका लागि छनोट गरेको बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।  
    यसअघि समानुपातिकबाट सांसद बनेका, प्रत्यक्षमा उम्मेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई यस पटक नसमेटिएको भन्दै उनले एमालेले निर्वाचन आयोगमा सोमबार समानुपातिकतर्फको सूची बुझाउने बताए । 

    एमालेले उम्मेदवारको नाम सिफारिस गर्दा आदिवासी, जनजातितर्फ ३२, खर्स आर्यतर्फ ३४, थारुतर्फ सात, दलिततर्फ १५, मधेसीतर्फ १७ जनालाई समेटेको उनले बताए । 

    आइतबार, असोज २ २०७९०८:३७:३८

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार