images
Logo

बिहीबार , असोज २० २०७९Oct 06 2022

images

पाकिस्तानमा बाढी पहिरो : 'थप २२ जनाको मृत्यु'

पाकिस्तानमा बाढी पहिरो : 'थप २२ जनाको मृत्यु'

शनिबार, असोज १ २०७९

  • 201
    SHARES

  • पाकिस्तानमा बाढी पहिरो : 'थप २२ जनाको मृत्यु'


    इस्लामावाद, असोज । पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ ।  
    घटनामा परी पछिल्लो २४ घण्टामा थप नौ जना घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । 
    यही प्रान्तमा मानवीय क्षति र भौतिक क्षति सबैभन्दा बढी भएको छ । गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका घटनाका कारण पाकिस्तानमा यस पटक अकल्पनीय क्षति भएको छ । 
    बाढी पहिरोले लाखौँ विस्थापित भएका छन्, भने अरु हजारौ घाइते भएका छन् । घटनामा परी अहिलेसम्म एक हजार ५०८ जनाको मृत्यु भएको जनाइएको छ । 
    त्यसैगरी १२ हजार ७५८ जना घाइते भएका छन् । प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार यसअवधिमा १८ लाख १७ हजार ५५० घर क्षतिग्रस्त भएका छन् । नौ लाख २९ हजार ५४३ जनावर मरेको पनि प्राधिकरणले जनाएको छ ।  रासस÷सिन्ह्वा

     

    शनिबार, असोज १ २०७९०३:४०:३७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार