images
Logo

बिहीबार , असोज २० २०७९Oct 06 2022

images
विकासका लागि सिर्जनशील पत्रकारिता 

सञ्चारमन्त्री कार्कीले भने : “स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउँछ” 

सञ्चारमन्त्री कार्कीले भने : “स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउँछ” 

मंगलबार, साउन ३१ २०७९

  • 669
    SHARES

  • सञ्चारमन्त्री कार्कीले भने : “स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउँछ” 


    काठमाडौँ, साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासन र दिगो विकासका लागि सिर्जनशील पत्रकारिताको आवश्यकता औँल्याएका छन ।  
    जनआकाश साप्ताहिकको १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले सत्य, तथ्य र विश्वसनीय पत्रकारिताका निम्ति आमसञ्चार माध्यमलाई अपिल गरेका छन ।   संवृद्ध नेपाल निर्माणमा आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने मन्त्री कार्कीको भनाइ थियो  । 
    जनआकाश साप्ताहिकलाई शुभकामना व्यक्त गर्दै उनले भने,  “स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउँछ, तपाईंहरुलाई पनि यही लागेको होला र म पनि त्यसैमा विश्वास गर्छु ।” 

     

     

    मंगलबार, साउन ३१ २०७९०८:३७:५२

    डेमो खबर

    सम्बन्धित समाचार