images
Logo

बिहीबार , असोज २० २०७९Oct 06 2022

images
नेपाल इन्जिनियरिङ्ग कलेज कब्जा बिबाद  

संसद अबिधेशनमै सांसदले गरे संसद र अदालतको मानहानी : “संसद र अदालत के हेर्छ ?” 

संसद अबिधेशनमै सांसदले गरे संसद र अदालतको मानहानी : “संसद र अदालत के हेर्छ ?” 

बुधबार, साउन २५ २०७९

  • 1.5K
    SHARES

  • संसद अबिधेशनमै सांसदले गरे संसद र अदालतको  मानहानी  : “संसद र अदालत के हेर्छ ?” 


    भक्तपुर, माघ । ब्यक्तिको सम्पति नेपाल इन्जिनियरिङ्ग कलेज  चाँगनारायण भक्तपुरलाई गैरकाननी रुपमा गुण्डागर्दी शैलीमा हत्याएर स्रोतमाथि दोहन गर्दै आएका समूह फेरि संसदभित्र पनि गलत रुपमा प्रस्तत भई सलबाउन थालेका छन ।  
    कलेजका नक्कली प्रमाणपत्रधारी कर्मचारी हरिकृष्ण श्रेष्ठको जाहेरीका आधरमा चलाइएको गलत मुद्धाको यसअघिका अध्यक्ष लम्बोदर न्यौपाने तथा अन्य चार सञ्चालकविरुद्धको मुद्धालाई झुठा ठहर गर्दै भक्तपुर जिल्ला अदालतले सफाइृ दिइसकेको छ । 
    अदालतको फैसलाले निर्दोष साबित ब्यक्ति र सो कलेज निजी भएको भन्दै पाटन अदालतबाट पनि फैसला आई  बिचाराधिन मुद्धामा आज बसेको प्रतिनिधिसभा बैठकमा गलत मनसाय राखेर कुरा उठाउनु संबिधानले गरेको कानुनी राज्यको अवधारणा खिलाफ रहेको कानुनबिद्हरु बताउँछन । 
    निजी लगानीकर्ताको पहलमा निजी कलेजको रुपमा त्रिवि तथा पोखरा विश्वबिद्यालयबाट  सम्बन्धन लिई सञ्चालनमा रहेको सो कलेज र कलेज संञ्चालकमाथि  गैरकानुनी र गूण्डागर्दी  शैलीको प्रहारले कानूनी राज्यको अवधारणामाथि एउटा सांसद नै संसदमा प्रस्तुत हुँदा संसद र सांसदको गरिमामाथि खिल्ली उडाएको कानुनबिद्को भनाई छ ।   
    संबैधानिक ब्यवस्था अनुसार, अदालतमा बिचारधीन मुद्धाका बिषय संसदमा छलफलमा ल्याउन नपाईने ब्यवस्थामाथि सांसदले नै  उठाउँदा एकातिर संसदको गरिमामाथि आँच पु¥याएको छ भने अर्कातिर अदालतमा फैसलाका निम्ति छलफलमा रहेको बिषयमा मर्यादा नाघेर एउटा सांसद संसद र अदालतभन्दा माथिका हुन कि ? भन्ने शैलीमा उत्रिएर भ्रम फैलाएका छन । 
    लोकतान्त्रिक संसदीय पद्धतिमा नेपालको कानुनले ब्यक्तिको सम्पति राज्यले लिनुपर्दा एउटा निश्चित मापदण्ड र कानुनी प्रक्रिया पु¥याएर मात्रै लिन मिल्ने भनी ब्यवस्था छ, तर हामीकहाँ गुन्डागदी शैलीमा एउटा सांसद नै ब्यत्तिको सम्पति हडप्न लाग्दा संसद र अदालत के हेर्छ, गर्छ, त्यो राज्यका यस्ता संस्थामाथि आक्रमण गर्दा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बिषय  भएको  कानुनबिदेको धारणा छ । सामाजिक कि निजी भनेर अदालतमा परेको मुद्धामा पाटन अदालतले निजी भनेर फैसला गरेको गरिसकेको छ । 
    काननी दायरामा आएको मुद्धाका बिषय जब अदालत फैसलाको चरणमा पुग्दा एउटा सांसद संसदमा कुर्लिनुले के सम्बन्ध राख्छ सरोकारवाला निकायले चासो लिनुपर्ने बिषय हो । 
    अदालतमा कानुनी दायरामा आई छलफलमा गएको बिषयलाई संसद र मिडिया एकतर्फी ढंगले परिचालित हुँदा पीडितमाथि गरेको बबर्तापुर्ण ध्यान दिने तथा संरक्षण गर्नुपर्ने  बिषय हो । 
    एउटा ब्यक्तिको लगानी सम्पति संरक्षण नभएर पीडित हुँदा सुरक्षा तथा छानविन गर्न नसक्ने राज्यका निकाय र कानुनी संरक्षण गर्नेतर्फ अदालतले कदम नचाल्ने हो भने नागरिकले आशा गर्ने ठाउँ कहाँ चासोको बिषय भएको छ । 
    जब अदालत फैसलाका चरणमा पुग्छ तब कलेजका नक्कली प्रमाणपत्रधारी कर्मचारी हरिकृष्ण श्रेष्ठ बिभिन्न बहाना र बोकेर मिडियामा प्रचारबाजी गराउनु र गैरसम्बन्धित ब्यत्ति  परिचालित  हुनुले के अर्थराख्छ राज्यको छानविनका बिषयभित्र पर्छ कि पर्दैन ? चासोका बिषय हो । 
    एउटा निजी कलेज गुण्डागर्दी शैलीमा हडप्ने समुहले विभिन्न गैरसम्बन्धित ब्यक्तिको नाम जोड्र मिडियामा पैचारबाजी हुनुले    त्यसमाथि क – कसको कस्तो  ‘इन्ट्रेस्ट’ रह्यो भनेर हेर्न राज्यले किन छानविन गर्न सक्दैन ?

    बुधबार, साउन २५ २०७९०८:१८:४४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार