काठमाडौँ,असार। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ स्थिर रहेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज हिजो सोमबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ ।सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।
हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।महासंघले आज चाँदीको कारोबार प्रतितोला १ हजार २५५ रुपैयाँमा भइरहेको बताएको छ ।