images
Logo

बिहीबार , साउन २६ २०७९Aug 11 2022

images

भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ

भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ

मंगलबार, असार १४ २०७९

  • 261
    SHARES

  • भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ

    जलेश्वर,असार ।महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत ३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत ९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई दुईवटा चार चक्के र एक मोटरसाइकलसहित पक्राऊ गरिएको हो ।

    images

    जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा भारतबाट गाडीको कागजपत्र र नेपाल प्रवेश गर्ने भन्सार अनुमतिपत्र बिना बिआर ०६ बिवाई ५५४५ र डिएल ९ सिक्युएस २६८१ नंको दुईवटा मारुती सुजुकी कार र बिआर ३० एम ७५७४ नंको मोटरसाइकल लिएर नेपाल आएका तीनै जनालाई प्रहरी चौकी चौरिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो ।

    मंगलबार, असार १४ २०७९१२:०३:४९

    डेमो खबर

    सम्बन्धित समाचार