images
Logo

मंगलबार, असार १४ २०७९Jun 28 2022

images
स्थानीय तह निर्वाचन

उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण : “बुझाउन निर्वाचन आयोगको ताकेता”

उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण : “बुझाउन निर्वाचन आयोगको ताकेता”

बिहीबार , असार ९ २०७९

  • 209
    SHARES

  • उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण : “बुझाउन निर्वाचन आयोगको ताकेता”

     

    काठमाडौँ, असार । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचार प्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ ।

    images

    निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पुनः स्मरण गराएको छ ।

    आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरेर सिफारिससहित कारबाहीका लागि आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिइएको जानकारी गराएका छन ।

    निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारको खर्चको सीमा निर्धारण गरिएको छ ।

    बिहीबार , असार ९ २०७९०९:५४:३४

    डेमो खबर

    सम्बन्धित समाचार