images
Logo

मंगलबार, असार १४ २०७९Jun 28 2022

images

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

बुधबार, असार ८ २०७९

  • 209
    SHARES

  • अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

    वीरगञ्ज,असार । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

    ब्यूरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका २ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैधरूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरेको हो ।

    images

    विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो ।

    बुधबार, असार ८ २०७९११:१४:३५

    डेमो खबर

    सम्बन्धित समाचार