images
Logo

मंगलबार, असार १४ २०७९Jun 28 2022

images
जनता समाजवादी पार्टी

अध्यक्ष यादवले भने : “उपलब्धिको रक्षा र थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ ” 

अध्यक्ष यादवले भने : “उपलब्धिको रक्षा र थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ ” 

मंगलबार, असार ७ २०७९

  • 269
    SHARES

  • अध्यक्ष यादवले भने : “उपलब्धिको रक्षा र थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ ” 


    जनकपुर, असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिहरूको संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन । 
    जनकपुरधाममा  सोमबार  साँझ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेस आन्दोलनबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीलगायतका उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्ने बताएका छन ।  
    “मधेसी समुदायले पूर्णरूपमा अधिकार प्राप्त गर्न सकेको छैन, त्यसैले अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्छ”, अध्यक्ष यादवले भने, “समानता र सामाजिक न्यायका लागि राजनीतिक सङ्घर्ष र आर्थिक समृद्धि र विकासका लागि चुनावी सङ्घर्ष गर्नुपर्छ ।” 
    चुनावको माध्यमबाट शक्ति आर्जन गर्ने र त्यसपछि विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्ने उनको  भनाइ थियो । 
    “अहिलेको सङ्घीयता आपाङ्ग छ”, अध्यक्ष यादवले थपे,  “सङ्घीयतामा प्रदेश सरकार स्वायत्त हुन्छ, तर अहिले प्रदेश सरकार स्वायत्त छैन, अधिकांश अधिकार केन्द्रीय सरकारसँगै छ ।” सङ्घीयतालाई पूर्ण बनाउन प्रदेश सरकारलाई स्वायत्त बनाउनुपर्ने उनको कथन थियो ।    
    जनसङ्ख्याका आधारमा संसदीय निर्वाचन क्षेत्र पुनः निर्धारण माग गर्दै अध्यक्ष यादवले जनगणना अनुसार तराई मधेसको जनसङ्ख्या ५३ प्रतिशत पुगेकाले सोही अनुपातमा तराई मधेसका जिल्लामा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताएका छन ।  
    अहिलेको निर्वाचन प्रणाली असाध्यै खर्चिलो र बेथितिपूर्ण रहेकाले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्नेमा जोड दिँदै उनले यही निर्वाचन प्रणाली रहिरहे राजनीति धेरै महँगो हुने र त्यसले मुलुकको राजनीति व्यवस्था नै धरापमा पर्ने चेतावनीसमेत दिएका छन ।  
    सो अवसरमा व्यवसायी तथा रमण कन्स्ट्रक्शनका सञ्चालक बलराम महतोलाई अध्यक्ष यादवले फूलमाला र अबिर लगाएर जसपा प्रवेश गराएका छन ।  
    गत वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा महतो जनकपुरधाम उपमहानगरको नगरप्रमुख पदमा स्वतन्त्रबाट चुनाव लडेका थिए । जसपा प्रवेश गरेका महतो धनुषा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा चुनाव लड्ने उद्देश्यले जसपा प्रवेश गरेको अनुमान गरिएको छ । 

    मंगलबार, असार ७ २०७९०९:१२:०१

    डेमो खबर

    सम्बन्धित समाचार