images
Logo

मंगलबार, असार १४ २०७९Jun 28 2022

images

मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

आइतबार, असार ५ २०७९

  • 77
    SHARES

  • मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

    जलेश्वर,असार ।मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ ।

    आइतबार, असार ५ २०७९०२:२०:२३

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार