काठमाडौँ, जेठ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएका छन । सोमबार बेलुकी ९ः ०० बजेसम्मको परिणाम अनुसार, नेपाली कांग्रेसले ८७ स्थानमा बिजय हासिल गरेको छ भने २२८ स्थानमा अग्रता कायम गरेको छ ।
त्यसैगरी, एमाले पनि ५६ स्थानमा बिजय प्राप्त गरेको छ भने १२६ स्थानमा अग्रता कायम गरेको छ । हालसम्यमको मत परीणाम अनुसार नेपाली कांग्सैेसले एमाले भन्दा १२८ स्थानले अगािड रहेको छ । माओबादी केन्द्रले ४१ स्थानमा जितेको छ भने ७७ स्थानमा अग्रता कायम गरेको छ ।
एकीकृत समाजवादीले ३ स्थान जितेका छन् १७ पालीकामा अग्रता कायम गरेको छ। त्यस्तै, जनता समाजबादीले २९ स्थानमा अग्रता कायम गरेको छ भने लोसपाले १२ स्थानमा अग्रता कायम गरेको छ ।