images
Logo

आइतबार, मंसिर ११ २०७९Nov 27 2022

images

तीनदिने पुस्तक प्रदर्शनी : बिजुक्छेँले गरे उद्घाटन

तीनदिने पुस्तक प्रदर्शनी : बिजुक्छेँले गरे उद्घाटन

मंगलबार, चैत २२ २०७८

  • 2.2K
    SHARES

  • तीनदिने पुस्तक प्रदर्शनी :  बिजुक्छेँले गरे उद्घाटन


    भक्तपुर, चैत । भक्तपुरको कमलविनायकस्थित लामगालमा तीनदिने पुस्तक प्रदर्शनी आजदेखि सुरु भएको छ । आरम्भ नेपालले आयोजना गरेको पुस्तक प्रदर्शनीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन गरेका छन ।  
    कार्यक्रममा उहाँले भक्तपुरका कवि एवं कार्टुनिष्ट दामोदर सुवालको ‘सय कार्टुन’ नामक कार्टुन सङ्ग्रहको विमोचन गरेका छन ।  प्रदर्शनीमा अध्यक्ष बिजुक्छेंँले पछिल्ला दिनहरूमा पुस्तक अध्ययनमा ह्रास आइरहेको भन्दै यस खालको पुस्तक प्रदर्शनीले नयाँ पुस्तालाई पुस्तक अध्ययन गर्न अभिप्रेरित गर्ने बताएका छन ।  
    उनले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै पुस्तकसम्बन्धी छलफल, अन्तरक्रिया र समीक्षात्मक कार्यक्रमलाई बढावा दिनुपर्ने औँल्याएका छन । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले देश र जनताको प्राथमिकता भ्यू टावर नभई शिक्षा र स्वास्थ्य हुनुपर्नेमा जोड दिँदै पुस्तक प्रदर्शनीले मानिसमा ज्ञानको भण्डारको विकास गर्ने बताए ।  
    त्यस अवसरमा वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठ र कार्टुनिष्ट दामोदर सुवालले कार्टुनिष्टहरू सधैँ प्रतिपक्षी हुने बताउँदै नेपाली राजनीतिका विभिन्न विषयलाई कार्टुनमार्फत सचेत गर्न आवश्यक रहेको औँल्याए ।  आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले आगामी २३ गतेसम्म पुस्तक प्रर्दशनी हुने बताए । 

     

    मंगलबार, चैत २२ २०७८०९:०८:३१

    डेमो खबर

    सम्बन्धित समाचार