मङ्गलसेन, मङ्सिर । घाँस काट्न गएको बेला लडेर रामारोशनमा एक पुरुषको सोमबार ज्यान गएको छ । रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय वल विकको ज्यान गएको वडा अध्यक्ष लक्ष्मण परियारले जानकारी दिएका छन ।
स्थानीय सानटुक्रा भन्ने भीरमा घाँस काट्न गएको बेलामा अन्दाजी एकसय मिटर तल खसेर ज्यान गएको बताइएको छ । केही वर्षअघि सोही भीरमा मृतककी श्रीमतीको ज्यान गएको स्थानीयको भनाइ छ ।
मृतकका श्रीमती तीन छोराछारी रहेको बताइएको छ । असहज स्थानमा घाँस काट्न गएर लडेर मृत्यु हुने समस्या अछाममा रहेको छ ।