Logo

मंगलवार, आषाढ १ २०७८Jun 15 2021

images

प्रधानमन्त्रीको गुनासो : "जनताको जीवनरक्षा पहिलो, भ्याक्सिनमा भ्रष्टाचार क्षम्य नहुने "

प्रधानमन्त्रीको गुनासो : "जनताको जीवनरक्षा पहिलो, भ्याक्सिनमा भ्रष्टाचार क्षम्य नहुने "

सोमवार, बैशाख २७ २०७८

  • 1.3K
    SHARES

  • प्रधानमन्त्रीको गुनासो : "जनताको जीवनरक्षा पहिलो, भ्याक्सिनमा भ्रष्टाचार क्षम्य नहुने "

    काठमाडौं, वैशाख  । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

    सोमबार दिउँसो दोस्रो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो विषम् परिस्थितीमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउनुभएको छ ।

    उहाँले कोभिडविरुद्धको लडाइमा रहेको केला प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउनुभएको छ । ‘मलाई अच्चम लाग्छ, हामी कोभिडविरुद्धको लडाइमा छौं ।

    तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

    साथै उहाँले हाम्रा चिन्तन, प्रयास, ध्यान र प्रयास जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्यसमा केन्द्रित हुन नसकेको बताउनुभयो । ‘सरकार आफ्ना ध्यान कोभिड–१९ विरुद्धको लडाइमा केन्द्रित गर्न चाहेको थियो ।

    विकासका प्रश्नहरुमा केन्द्रित गर्न चाहेको थियो । सामाजिक जनजिवनमा बढी क्षति र खलबलाहट हुन नपाओस्, अर्थतन्त्रमा प्रतिकुल असर न्यून गर्न सकियोस् यस कुरामा सरकार लाग्यो,’ प्रधानमन्त्री आलीले भन्नुभयो, ‘तर, सरकारले अनेक अप्ठ्यारा सामना गर्नुपर्यो ।’

    सोमवार, बैशाख २७ २०७८०२:२०:१७

    डेमो खबर

    सम्बन्धित समाचार