Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

कर्णाली प्रदेश : 'कोरोनाबाट थप पाँच सङ्क्रमतिको मृत्यु'

कर्णाली प्रदेश : 'कोरोनाबाट थप पाँच सङ्क्रमतिको मृत्यु'

मंगलवार, बैशाख २१ २०७८

  • 549
    SHARES

  • कर्णाली प्रदेश :  'कोरोनाबाट  थप पाँच सङ्क्रमतिको मृत्यु'

    कर्णाली, वैशाख । कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

    सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताए । उनका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

    आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सोमबार पाँच र आइतबार तीनको मृत्यु भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ को पिसिआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ को एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक डा खड्काले बताए ।

    त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार १२८ सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ डिस्चार्ज भएसँगै सात हजार ६२२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन् ।

    दुई हजार १९४ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

    मंगलवार, बैशाख २१ २०७८०१:२१:३४

    डेमो खबर

    सम्बन्धित समाचार