Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

वीरगञ्ज : 'थप एक कोरोना संक्रमितको मृत्यु'

वीरगञ्ज : 'थप एक कोरोना संक्रमितको मृत्यु'

मंगलवार, बैशाख २१ २०७८

  • 757
    SHARES

  • वीरगञ्ज    :    'थप एक कोरोना संक्रमितको मृत्यु'

    वीरगञ्ज, बैशाख । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–१६ बस्ने २६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    कोरोना संक्रमणको दोस्रो लहर चलेसँगै वीरगञ्जको नारायणी अस्पतालमा मात्रै २८ को मृत्यु भएको छ । तीन दिनदेखि भेन्टिलेटरमा रहेका उनको मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए ।

    डा. दासका अनुसार मृतक युवकमा कुनै पनि दीर्घ रोग थिएन । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई वैशाख १६ गते नारायणी अस्पतालमा ल्याइएको थियो ।

    सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ देखिएको थियो । कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगरेपछि उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

    मंगलवार, बैशाख २१ २०७८०१:१०:३६

    डेमो खबर

    सम्बन्धित समाचार