Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

चितवन र बाराका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

चितवन र बाराका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

मंगलवार, बैशाख २१ २०७८

  • 653
    SHARES

  • चितवन र बाराका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

    चितवन, वैशाख । चितवनको भरतपुर अस्पतालमा उपचाररत चितवन र बाराका कोरोना संक्रमितको मृत्यु भएको छ ।

    अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुष रहेका छन् ।

    माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२:४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    यस्तै बाराको जीतपुर सिमरा उप-महानगरपालिका-१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातिमा समस्या भइ वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६:४५ बजे मृत्यु भएको हो ।

    मंगलवार, बैशाख २१ २०७८०१:०७:२१

    डेमो खबर

    सम्बन्धित समाचार