Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

बंगलादेश : 'स्पिडबोट दुर्घटनामा कम्तीमा २६ को मृत्यु'

बंगलादेश : 'स्पिडबोट दुर्घटनामा कम्तीमा २६ को मृत्यु'

सोमवार, बैशाख २० २०७८

  • 449
    SHARES

  • बंगलादेश :  'स्पिडबोट दुर्घटनामा कम्तीमा २६ को मृत्यु'

    ढाका, बैशाख । बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ को मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार खचाखच यात्रुले भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गाले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।

    स्थानीय समय अनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको हुनसक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिए । उनले भने २६ को शव निकालिएको छ र पाँचलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

    अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तिब्र बनाइएको छ । बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ । एक महिना अघि गत अप्रिल ४ मा कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २७ को मृत्यु भएको थियो ।

    गत वर्षको जुन महिनामा पनि यात्रुबाहक डुङ्गा अर्को फेरीसँग ठोक्किएर दुर्घटना हुँदा ३२ को मृत्यु भएको थियो । यस शताब्दीको सबैभन्दा भयानक डुङ्गा दुर्घटना मानिएको घटनामा सन् २०१४ मा १०० को डुबेर ज्यान गएको थियो ।

    बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुङ्गामार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन हो । तर पर्याप्त अनुगमनको अभावमा बर्सेनि धेरै व्यक्तिको डुङ्गाहरु दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।

    सोमवार, बैशाख २० २०७८०२:३४:०८

    डेमो खबर

    सम्बन्धित समाचार