Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images
कर्णाली प्रदेश

मन्त्रिपरिषद्को बैठक निर्णय : ' प्रत्येक जिल्लालाई एक करोड, पाँच जिल्लामा एक एक सय बेड थप्ने'

मन्त्रिपरिषद्को बैठक निर्णय : ' प्रत्येक जिल्लालाई एक करोड, पाँच जिल्लामा एक एक सय बेड थप्ने'

सोमवार, बैशाख २० २०७८

  • 617
    SHARES

  • मन्त्रिपरिषद्को बैठक  निर्णय : ' प्रत्येक जिल्लालाई एक करोड, पाँच जिल्लामा एक एक सय बेड थप्ने'

    सुर्खेत, वैशाख । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि प्रत्येक जिल्लामा एक÷एक करोड तत्त्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिलगायतको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

    आर्थिक मामिला तथा योजन मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न बजेट तत्काल बजेट पठाइने निर्णय गरेको जानकारी दिएका छन ।

    उनका अनुसार प्रत्येक जिल्लामा एक÷एक करोड, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा एक÷एक करोड बजेट पठाइने छ । मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०÷५० लाख रुपियाँ पठाउने उनले जानकारी दिए ।

    यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ ।

    यसअघि प्रदेश सकारले कोरोना रोकथाम तथा उपचारका लागि विकास बजेट कटौती गरेर एक अर्बको कोष स्थापना गरेको थियो ।

    पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने गरी तयारी अघि बढाएको छ ।

    कालीकोट, दैलेख , जाजरकोट, सल्यान र रुकुमपश्चिममा अक्सिजनसहित एक सय बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयार गरिनेछ ।

    प्रदेश अस्पतालमा अक्सिजनसहित पाँच सय बेडको तयार गर्ने लक्ष्य लिएको र तत्तकाल एक सय बेड थप्ने काम तीव्र गतिमा भइरहेको सरकारले जनाएको छ।

    सोमवार, बैशाख २० २०७८०१:५२:५९

    डेमो खबर

    सम्बन्धित समाचार