Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images
लुम्बिनी प्रदेश

राजनीतिक बेईमानी : "अविश्वासको प्रस्ताव फेल हुने भएपछि 'राजीनामाको नाटक' गरे "

राजनीतिक बेईमानी : "अविश्वासको प्रस्ताव फेल हुने भएपछि 'राजीनामाको नाटक' गरे "

आइतवार, बैशाख १९ २०७८

  • 1.2K
    SHARES

  • राजनीतिक बेईमानी  : "अविश्वासको प्रस्ताव फेल हुने भएपछि 'राजीनामाको नाटक' गरे "

    लुम्बिनी, बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले अविश्वास प्रस्ताव फेस गनर् नसक्ने भएकपछी राजीनामाकाे नाटक रचेका छन । अविश्वासकाे प्रस्ताव  फेल हुने पक्का भएपछी राजीनामा गरेर बहुमतकाे नाटक गरे ।

    राजनीतीज्ञ भन्छन, कम्यनीस्ट राजीनामा गरेर पद छाेड्ने प्रचलन नदेखीएकाे प्रसंग काेट्याउदै भने,  अकाे नाटक मञ्चन गरेर पाे राजीनामा दीएका रहेछन, । 

    यस्ताे राजनीती संघीय सरकारमा अाेली देखी नै देखीयाे  । र, गन्डकीमा सांसद अपहरणसम्म  भयाे । लुम्बीनीमा भने अकाे नाटक रचीयाे ।  उनी  राजीनामा गरेर फेरी उठ्ने घाेषणाा गरे । संसद फेस नगरेर नयाँ ढंग अपनाए । 

    यसैबीच, लुम्बिनी  प्रदेश नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले अविश्वास प्रस्ताव फेस नगरी राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने बताएका छन्।

    1550577073balram1619932989.jpg

    उनले भने, मुख्यमन्त्री पोखरेलले आज राजीनामा दिएका थिए। उनले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिदिएका छन्।  फेरि नेकपा एमालेले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेको छ।

    एमालेसँग ४१ सदस्य छन् जुन सरकार बनाउन बहुमत पुग्छ। तर प्रतिपक्षी दल कांग्रेस सांसद चौधरी भने पोखरेल अब मुख्यमन्त्री हुन नपाउने तर्क गर्छन्।

    ‘अविश्वास प्रस्ताव फेस नगरेको हुँदा अब शंकर पोखरेलजी आफैँ मुख्यमन्त्रीको उम्मेदवार बन्न पाउनु हुन्न,’ उनले भने, ‘अब उनले अर्कै व्यक्तिलाई अगाडि सार्ने हो र त्यसको पनि हामीसँग औषधि छ।’

    आइतवार, बैशाख १९ २०७८१२:४९:५८

    डेमो खबर

    सम्बन्धित समाचार