Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

प्रदेश १ : २९१ सक्रमित थपिए  

प्रदेश १ : २९१ सक्रमित थपिए  

शुक्रवार, बैशाख १७ २०७८

  • 601
    SHARES

  • प्रदेश १ : २९१ सक्रमित थपिए  


    काठमाडौ, बैशाख । अघिल्लो दिनको तुलनामा प्रदेश १ मा शुक्रबार २१ जना बढी सङ्क्रमित थप भएका छन् । शुक्रबार प्रदेश १ मा २९१ मा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । 
    जसमा  मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा चार, इलाममा तीन, उदयपुरमा दुई, भोजपुर, ते¥हथुम र पाँचथरमा एक–एक र प्रदेश १ बाहिरका १३ मा सङ्क्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
    मोरङको विराटनगरमा १२०, लेटाङमा नौ, सुन्दर हरैचामा छ, कटहरी, उर्लाबारी ग्रामथानमा तीन–तीन, रङ्गेली र बुढीगंगामा दुई–दुई,  मिक्लाजुङ, बेलबारी, सुनवर्षी, केराबारी र स्थानीय तह नखुलेको एक–एक, सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा सात, बर्जु र देवानगञ्जमा तीन–तीन, कोसी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा एक–एक,  झापाको विर्तामोडमा १०, दमकमा नौ, कनकाईमा सात, अर्जुनधारामा छ, भद्रपुरमा पाँच, शिवसताक्षी र मेचीनगरमा चार–चार गौरीगञ्ज र हल्दीबारीमा तीन–तीन, कमल गाउँपालिका र झापा गाउँपालिकामा दुई–दुई, बुद्ध शान्ति, बा¥हदशी र  स्थानीय तह नखुलेका एक–एक, ताप्लेजुङको फुङलिङमा तीन र स्थानीय तह नखुलेको एक, इलामको चुलाचुली, माई र सूर्योदयमा एक–एक, उदयपुरको उदयपुरगढीमा दुई,  ते¥हथुममा एक, भोजपुरमा एक, पाँचथरमा एकमा सङ्क्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३२ हजार ६५१ पुगेको छ । सक्रमितमध्ये ३० हजार १८ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार १४१ पुगेको बताइएको छ । 
    प्रदेश १ मा शुक्रबार ८७४ को पीसीआर परीक्षण गरिएको छ । जसमध्ये १०६ महिला र १८५ पुरुषमा सङ्क्रमण पुष्टि भएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

     

    शुक्रवार, बैशाख १७ २०७८०८:४२:४४

    डेमो खबर

    सम्बन्धित समाचार