Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images
प्रदेश २ : मुख्यमन्त्रीको निर्देशन

मुख्यमन्त्री राउतले भने : ‘महामारीको रोकथाम र नियन्त्रणमा लागौँ’  

मुख्यमन्त्री राउतले भने : ‘महामारीको रोकथाम र नियन्त्रणमा लागौँ’  

शुक्रवार, बैशाख १७ २०७८

  • 685
    SHARES

  • मुख्यमन्त्री  राउतले भने : ‘महामारीको रोकथाम र नियन्त्रणमा लागौँ’  

     

    जनकपुरधाम, बैशाख   । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा कोरोना महामारीको वर्तमान अवस्था र त्यसको रोकथामका लागि सरकारीस्तरवाट भइरहेको काम काजका विषयमा जानकारी लिएका छन ।  
    शुक्रबार प्रदेश २  अन्तर्गतका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल सम्वादमा सो कुराको जानकारी लिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले सञ्चारकर्मीलाई जानकारी दिए  । 
    पछिल्लो समयमा बढ्दै गएको कोरोना महामारीको अवस्था, रोकथाम र नियन्त्रणका लागि जिल्लामा भैरहेको प्रयास तथा अगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सुझाव लिन मुख्यमन्त्री राउतले भर्चुअल सम्बाद  गरेका हुन ।  
    छलफलको क्रममा मुख्यमन्त्री राउतले महामारीको रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण शक्ति लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन । कोरोना जाँचका लागि प्रदेश सरकारले आठवटै जिल्लामा पिसिआर मेशिन सञ्चालनमा ल्याईसकेको हुँदा परीक्षणमा समस्या नहुने उनले विश्वास व्यक्त गरे । 
    मुख्यमन्त्री राउतले उपचारको लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको जानकारी दिए ।  उनले थपे, ‘थप तयारी शुरु गरिसकेका छौ ।’  छलफलको क्रममा प्रमुख जिल्ला अधिकारीले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा होल्डिङ्ग सेन्टरको निर्माण गर्नुपर्नेबारे मुख्यमन्त्रीलाई सुझाव दिएका थिए । 

    शुक्रवार, बैशाख १७ २०७८०८:०६:३७

    डेमो खबर

    सम्बन्धित समाचार