Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images
काग्रेस सभासद् शर्माकाे स्वास्थ्य गम्भीर

काग्रेस सभासद् शर्मा : 'स्वास प्रश्वासमा समस्या, उपचारका लागि काठमाडौँ लगियो’

काग्रेस सभासद् शर्मा : 'स्वास प्रश्वासमा समस्या, उपचारका लागि काठमाडौँ लगियो’

बिहिवार, बैशाख १६ २०७८

  • 1.1K
    SHARES

  • काग्रेस  सभासद् शर्मा : 'स्वास प्रश्वासमा समस्या, उपचारका लागि काठमाडौँ लगियो’

    वीरगञ्ज, बैशाख । प्रदेश २ का प्रदेशसभा सदस्य ओमप्रकाश शर्मालाई श्वास प्रश्वासमा समस्या आएपछि विहीबार थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

    एकसाता अघिदेखि संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसिरहनुभएका प्रदेश २ को प्रदेशसभा सदस्य ओमप्रकाश शर्मालाई बुधबार साँझदेखि श्वास प्रश्वासमा समस्या आएपछि विहीबार थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।

    वीरगञ्ज महानगरपालिका वडा १० आदर्शनगर निवासी नेपाली काग्रेसका नेता एंव वीरगञ्ज उद्योग बाणिज्य संघका भूतपुर्व अध्यक्ष उद्योगी ओमप्रकाश शर्मालगायत उनको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उच्च रक्तचाप, मधुमेहका विरामी कांग्रेसबाट प्रदेश २ का समानुपातिक सांसद शर्मालाई बुधबार रातीदेखि श्वास प्रश्वासमा समस्या आएकाले थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।

    कांग्रेस नेता राकेशकुमार सिंहले सांसद शर्मालाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी हस्पिटल लगिएको बताएका छन ।

    बिहिवार, बैशाख १६ २०७८०९:०६:०६

    डेमो खबर

    सम्बन्धित समाचार