Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

गण्डकी प्रदेशसभा : ' विशेष अधिवेशन स्थगित'

गण्डकी प्रदेशसभा : ' विशेष अधिवेशन स्थगित'

बुधवार, बैशाख १५ २०७८

  • 789
    SHARES

  • गण्डकी प्रदेशसभा : ' विशेष अधिवेशन स्थगित'

    पोखरा, बैशाख । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ ।

    नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धमा दर्ता गरेको अविश्वासको प्रस्तावको मतदान हुने समयमा बैठक स्थगित गरिएको हो ।

    सोमबारबाट सुरु भएको विशेष अधिवेशन मङ्गलबार नेकपा एमालेले सबै सांसदहरुको पीसीआर परीक्षणको माग गर्दै संसद अवरुद्ध गराएको थियो । बुधबार दिउँसोसम्म सबै सदस्यहरुको पीसीआर परीक्षण गरी बैठक सुरु गरिएको थियो ।

    आजै अविश्वासको प्रस्तावका विषयमा छलफल गर्ने र निर्णायक मतदान गर्ने कार्यसूची रहेपनि राष्ट्रिय जनमोर्चाका एक सदस्य बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको छ ।

    राष्ट्रिय जनोर्चाका संसदीय दलका सचेतक पियारी थापाले आफ्ना सांसद खिमबिक्रम शाही सम्पर्कमा नआएको भन्दै बैठक स्थगित गर्न संसद सचिवालयमा निवेदन दर्ता गराउँनुभएको थियो ।

    संसद सचिवालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि संसद अधिवेशन स्थगित गरिएको जनाएको छ ।

    बुधवार, बैशाख १५ २०७८०७:३१:११

    डेमो खबर

    सम्बन्धित समाचार