Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

नेपाली कांग्रेस : 'केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव '

नेपाली कांग्रेस : 'केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव '

बुधवार, बैशाख ८ २०७८

  • 1.1K
    SHARES

  • नेपाली कांग्रेस  :  'केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव '

    काठमाडौँ, वैशाख । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्वसांसद, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ ।

    पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा उहाँलाई नियुक्त गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो ।

    निर्वाचन समितिका यसअघिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिएपछि वरिष्ठ अधिवक्ता यादवलाई सो पदमा नियुक्त गरिएको हो ।

    कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीका गाउँ-नगर, वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ ।

    त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन आगामी असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ ।

    बुधवार, बैशाख ८ २०७८०९:३२:२८

    डेमो खबर

    सम्बन्धित समाचार