सर्लाही, चैत । सर्लाहीमा स्थानीय प्रशासनलाई नागरिकता बनाउन लागेको सेवाग्राहीको भीड थेग्न हम्मेहम्मे परेको छ । सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज रुपमा नागरिकता वितरण गर्नसकेको छैन् ।
कार्यालयमा नागरिकता बनाउनका लागि सेवाग्राही ठेलाम ठेल गरेर लाईनमा बस्न बाध्य भइरहेका छन् । जिल्ला प्रशासन कार्यालयले भने सीमित कर्मचारी हुँदा नागरिकता फाँटमा सेवाग्राहीको थेगी नसक्नु भीड लागेको छ ।
लामो लकडाउनपछि कार्यालय खुल्दादेखि नै नागरिकता बनाउनेको भीड लागिरहेको र राष्ट्रिय परिचय पत्र वितरण अभियान सुरु भएपछि सेवाग्राहीको चाप थप बढेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अत्यधिक भीडले गर्दा नागरिकता लिन दुई÷तीन दिनसम्म पनि धाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।
निर्माण कार्य अलपत्र छाडिएको धूलाम्मे हुलाकी सडक हुँदै सदरमुकाम मलङ्गवा आउनुपर्ने दक्षिणी भेगको दर्जनौँ गाउँका वासिन्दा मारमा परेका छन् ।