Logo

मंगलवार, आषाढ १ २०७८Jun 15 2021

images

राष्ट्रपति भण्डारीकाे आह्वान : 'स्वास्थ्य सावधानी अपनाएर होली मनाउँ'

राष्ट्रपति भण्डारीकाे आह्वान : 'स्वास्थ्य सावधानी अपनाएर होली मनाउँ'

आइतवार, चैत्र १५ २०७७

  • 1.8K
    SHARES

  • राष्ट्रपति  भण्डारीकाे आह्वान   :  'स्वास्थ्य सावधानी अपनाएर होली मनाउँ'

    काठमाडौं, चैत । कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।

    अहिले पनि कोरोना भइरस (कोभिड-१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् ।

    होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरेकी छन् ।

    साथै यसै पर्वका अवसरमा राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामनासमेत गरेकी छन् ।

    ‘यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति¸विसङ्गति¸कुरीति एवं कुपरम्परालाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य¸सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु,’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।

    यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै होली पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

    आइतवार, चैत्र १५ २०७७०८:२३:४७

    डेमो खबर

    सम्बन्धित समाचार