काठमाडौं, फाल्गुन । नेपालमा कोरोना भाइरसका १२५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ६८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ९० सङ्क्रमित निको भएको जनाएको छ ।
थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ९६६ कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल एक हजार ५२९ मा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छन् । पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाभाइरसबाट दुई हजार ६१ ले ज्यान गुमाएको पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ४३ हजार ३१५ को आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक हजार ५२९ आइसोलेशनमा र ६६ क्वारेन्टिनमा छन् ।